2025-11-09 1:34 pm

युरोपमा पनि बेचियो ‘प्रेमगीत ३’ को विदेश प्रदर्शन अधिकार

यस वर्षको बहुप्रतीक्षित मानिएको सिनेमा ‘प्रेमगीत ३’ को विदेश प्रदर्शन अधिकार धमाधम बिक्री भइरहेको छ। सिनेमाको मङ्गलवार युके र युरोपका ८ देशका लागि विदेश प्रदर्शन अधिकार बिक्री भएको छ।

निर्माण पक्षले आफ्नो सिनेमा २३५०० युरो अर्थात् ३० लाख नेपाली रुपैयाँ बराबरमा मा बिक्री भएको जानकारी दिएको छ। इनास चलचित्र प्रवद्र्धन समिति ग्लोबल संयोजक मनिष श्रेष्ठ र इनास युरोप कोर्डिनेटर सन्त कुमार थापा मगरबिच निर्माण पक्षले सहमति गरिसकेको छ। नेपालमा प्रचार प्रसारको थालनीसँगै सम्पूर्ण देशमा एकसाथ प्रदर्शन गर्ने योजना सहित प्रेम गीत ३ निर्माण टिम लागिपरेको छ।


यसअघि केही दिन अघि मात्रै उत्तर अमेरिका, क्यानडा लगायत अफ्रिकी देशहरूमा प्रदर्शनको लागी ग्लोबल नेपाली अवार्डले अधिकार किनेको थियो

आगामी चैत २८ मा प्रदर्शनमा आउने सिनेमामा प्रदीप खड्का, नव अभिनेत्री क्रिस्टिना गुरुङ सुनिल थापा,प्रेम पुरी, लक्ष्मी बर्देवा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरील गायतका कलाकारहरूको पनि अभिनय रहनेछ।

आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति यस सिनेमामा कल्याण सिंह र एलिश कार्कीको सङ्गीत रहेको छ भने हिमाल केसीले एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ। भूपेन्द्र अधिकारीले सम्पादन रहेको ुप्रेमगीत ३ु चैत्र २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ।

About the Author

Ad
Ad