Coronavirus COVID-19

प्रकाश सपुतको नयाँ गीत ‘बदला बरिलै…’ सार्वजनिक (भिडियो)

[Ads]

Advertisement

गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रकाश सपुतको शब्द तथा सङ्गीत र देवी घर्तीको स्वर रहेको गीत ‘बदला बरिलै…’ यूट्युबमा सार्वजनिक भएको हो ।

सार्वजनिक गीतको भिडियोमा नायिका केकी अधिकारी र ध्रुव कोइराला मुख्य भूमिकामा छन् । प्रकाश सपुतको निर्देशन र कन्सेप्ट रहेको गीतको भिडियोले महिला हिंसा र बलात्कार विरुद्ध आवाज उठाएको छ । समाजमा कतिपय प्रतिष्ठित व्यक्तिहरूबाटै युवतीहरू बलात्कृत हुने र उनीहरू अझै चोखो भएर हिँड्न खोज्ने कुरालाई गीतमा निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । गीत ले जति नै यस अपराधबाट लुक्न र चोखिन खोजे पनि उक्त अपराधीले सजाय पाउने कुरा देखाइएको छ । ठुला ठुला सपना बोकेर अगाडी बढ्न खोजेका सयौँ युवतीले आफूले विश्वास गरेको र सम्मान गरेको व्यक्तिले बलात्कार जस्तो पाप गरी सपना मात्र होइन जीवन नै तहसनहस गरिदिने यथार्थलाई गीतमा प्रस्तुत गरिएको छ ।

गीतले समाजको एउटा कालो रूप प्रस्तुत गरेको छ भने बलात्कार जस्तो घिनलाग्दो र क्षमा दिन लायक नरहेको पाप अब देखी कहिल्यै नदोहोरियोस् भन्ने आशय बोकेको छ । समाजका यस्ता व्यक्ति जसले जतिनै ठुलो अपराध गरे पनि पैसा र पावरले बचाई राख्छ उसलाई पिडितको आत्माले कहिल्यै शान्ति दिँदैन भन्ने संदेश गीतले दिन खोजेको छ। गीत सार्वजनिक भएको केही समयमा नै दर्शक श्रोताले खुबै मन पराएका छन् । जसको कारण सार्वजनिक भएको चौबिस घण्टा नहुँदै ट्रेन्डिङमा पर्न सफल भएको छ ।  

भिडियो हेर्नुहोस्

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...