काठमाडौं– राष्ट्रिय सभा सांसद तथा गायिका कोमल वलीको शब्द रहेको गीत ‘ऐच्यै चत्तेरी’ सार्वजनिक भएको छ । गीतमा कोमलकी बहिनी प्रज्ञा वली ‘शरद’को स्वर तथा गोविन्द मधुर आचार्यको संगीत छ ।

गीतमा केशव बडुको एरेञ्ज तथा श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ ।

वसन्त निरौला निर्देशित भिडियोमा प्रज्ञा वली ‘शरद’, शरद चौलागाईं, प्रेमप्रकाश ओली, पुजा केसी, सबिना बुध थापा, करी कलाथोकी, सुरेन्द्र महर्जनको अभिनय छ ।

भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी, दिव्यराज सुवेदीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू