चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन–३ की विजेता सज्जा चौलागाई र द भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजबंशीको युगल स्वरमा रहेको गीत ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक भएको छ ।

बहुमुखी प्रतिभाशाली गायक तथा संगीतकार हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको यस गीतको भिडियोमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय रहेको छ ।

सुरबिना र नाजिर दुवै नेपाली म्युजिक भिडियोमा अब्बल छाप छोड्न सफल जोडी हुन् । भिडियोमा एउटै गाउँका किशोर किशोरीको गाउँले परिबेशमा त्यहीको माहौलमा झाँगिदै गैरहेको प्रेमलाइ देखाइएको छ ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू