
बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ। उनलाई सामाजिक संजालमार्फत ज्यान मार्ने धम्की दिइएको हो।
सलमानलाई स्टुडेन्ट अर्गनाइजेसन अफ पंजाब युनिभर्सिटी(सोपू) नामको समूहबाट धम्की दिइएको हो। सो धम्की सुटर नामको आईडीबाट दिइएको छ।
धम्कीको स्क्रिनसट सामाजिक संजालमा उपलब्ध छ। पोस्टमा सलमानको तस्विर राखेर नै धम्की दिइएको छ।
‘ सलमान तँ भारतको कानुनबाट बच्न सक्छस् तर बिश्नोई समाज र सोपी पार्टीको कानुनले तलाईं मृत्युको सजाय सुनाइसकेको छ। सोपू अदालतमा तँ दोषी छस्’, सार्वजनिक पोस्टमा धम्की दिदैं भनिएको छ।
२७ सेप्टेम्बरमा सलमान कालो हरिण शिकार मामिलामा जोधपुर अदालतमा पेस हुँदैछन्। अदालतले यस पेसीमा सलमान उपस्थित नभए उनको जमानत खारेज गर्ने बताएको छ।
सलमानलाई यसअघि पनि ज्यान मार्ने धम्की दिइएको थियो। सन् २०१८ मा ग्याङ्स्टर लरेन्स बिश्नोईले खुलारूपमा ज्यान मार्ने धम्की दिएका थिए। ततःपश्चात सलमानको सुरक्षा कडा पारिएको थियो।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






