Comments Add Comment

गायनमा फर्किए प्रेम परियार

बाल गायक प्रेम परियारले ‘नाई नभन्नु ल ४’ पछि चलचित्र ‘पोई पर्यो काले’मा स्वर दिएका छन्।सिनेमामा समावेश ‘मायाले मलाई’ बोलको गीतको रेकर्डिङ सोमबार गरिएको हो। गायक परियारले पढाइका कारण र स्वर बदलिएका कारण आफूले केही समय सिनेमाको पाश्र्व गायनमा आवाज नदिएको बताए।

प्रेमले भने–‘यो गीतको शब्द सुन्ने वित्तिकै मन पर्यो । आशा छ, मलाई प्रतिक्षा गर्नुभएका दर्शकहरुले यो गीत मन पराउनुहुनेछ ।’

गीत गाउन थालेपछि आफ्नो जीवनशैली पनि बदलिएको भन्दै उनले अब फेरि दर्शकका लागि कर्णप्रिय गीत सार्वजनिक गर्ने बताए।

सिनेमा ‘नाई नभन्नु ल २’मा समावेश ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएपछि बाल–गायक प्रेम परियार चर्चामा आएका थिए।
सामाजिक संजालमा भाइरल भएपछि उनलाई निर्देशक विकासराज आचार्य र संगीतकार बसन्त सापकोटाले सिनेमाका लागि अवसर दिएका थिए। उनले आफ्नो स्वरको जादु दर्शकमाझ छरे।
तर, केही समय उनी सिनेमाको गीतबाट हराएका थिए ।

रघु परियारको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको शब्द रहेको छ । यो गीतमा चलचित्रका मुख्य दुई कलाकार नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ । शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रमा आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो चलचित्र कात्तिक ८ गतेबाट रिलिज हुँदैछ । कमेडी जनरामा निर्माण भएको यो चलचित्रले श्रीमान् ‘काले’ परेपछि एक यूवतीको जीवनमा आउने उतारचढावको कथालाई प्रस्तुत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर