काठमाडौं । हिमालय अर्गनाईजेसन पोखराअन्तर्गतको फोर्स मोटर्सको शोरुम हेटौंडाको सानोपोखारामा शुभारम्भ भएको छ । शोरुमको आइतबार एक कार्यक्रमका बीच मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष्क्ष ध्रुब थापाले संयुक्त रुपमा उद्घाटन गर्नु भयो । प्रदेश नं.३ को राजधानी हेटौंडामा साना सार्वजनिक सवारीहरुको माग उच्च रहेको र स्थानियमा फोर्स गाडीको माग बढेकोले फोर्सको शाखा हेटौंडामा विस्तार गरिएको बताइएको छ ।
कम्पनीले विजया दशमी, दीपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै आइतबारबाटै ग्राहकलाई विशेष छुटको योजना ल्याएको आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष्क्ष ध्रुब थापाले बताउनुभयो । कम्पनीका अनुसार दशै तिहारमा फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकले अधिकतम चार लाखसम्मको छुट तथा विषेश उपहार प्राप्त गर्न सक्ने बताइएको छ ।
त्यस्तै तीन वर्ष वा ३ लाख किलो मिटरसम्मको वारेन्टी सुविधाका साथै ६ पटकसम्म निशुल्क सर्भिस सुविधा पनि उपलब्ध रहेको बताइएको छ ।
बिगत ५ बर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले नेपालमा फोर्स ब्राण्डका गाडिहरु आयात तथा बिक्री वितरण गर्दै आईरहेको छ । फोर्स मोटर्सले नेपालमै सबै भन्दा बढि सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जिप बिक्री गर्दै आईरहेको छ भने कार्गो किङ्ग पिकप , ट्राभलर बस, मिनि बसहरु तथा एम्बुलेन्स पनि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।