Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

दिपक बज्राचार्यको ‘राति’ सार्वजनिक (भिडियो)

Company Register

चर्चित पप गायक दीपक बज्राचार्यको नयाँ गीत सार्वजनिक भएको छ । सोमवार ‘राति ‘ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । गायक दीपककै सङ्गीत र रिक्की शाक्यको शब्द रहेको गीत प्रदीप जोशीले एरेन्ज गरेका हुन् । गीतको भिडियोलाई ठमेल स्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा छायाङ्कन गरिएको हो । यसै गरी भिडियोलाई दीपक बज्राचार्यले नै निर्देशन गरेका हुन् उनको यो पहिलो निर्देशन हो । भिडियोमा फ्रान्सेली युवती मार्गट अरनाउड फिचर्ड छिन् । गीत बारे दीपक भन्छन्, ‘बाहिरी सुन्दरता र भौतिक सम्पन्नता एउटा कालो शक्तिको नमुना मात्र हो, जो सँग हामीलाई लड्नु छ । यस भिडीयोमा एक सुन्दरी युवती त्यही भ्रम र कालो शक्तिको रूपमा देखाउने कोसिस गरेको छु। हरेक चम्किलो चिज हिरा नहुने र आकर्षित हुन नपर्ने भाव पनि झल्काइएको छु’। उनी थप्छन्, ‘कालो शक्ति अर्थात् नेगेटिभ ईनर्जी सँग पोजेटिभ इनर्जीको विजयको साङ्गीतिक सङ्केत हो ‘राती ‘। सुन्दर र लोभ लालचको सैतान लाई हाम्रो आफ्नो कला संस्कृतिको ‘लाखे’ तथा ‘झाँक्री’ रूपी सकारात्मक सोचले पराजित गरेको कथालाई नै ‘राती ‘को भिडियोमा देखाइएको छ’ ।  

भिडियो

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...