Comments Add Comment

ममताको नयाँ गीत ‘दुनियाँको आँखा’ सार्वजनिक (भिडियो)

गायिका ममता गुरुङको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। डिपी खनालको शब्द तथा शंकर थापा स्माइलीको संगीतमा रहेको गीत ‘दुनीयाँको आँखा’ बोलको गीत सार्वजनिक भएको हो।

दश म्युजिकको प्रस्तुती रहेको गीतको लिरिकल भिडियो दश म्यजिकको आधिकारीक युट्युब मार्फत सार्वजनिक भएको छ।महिला माथि कुदृष्टि राख्ने प्रति इंगित गर्दै महिलाको भावनालाई उजागर गर्न गीत सफल भएको छ। रचनाकार खनालको भावलाई ममताले आवाज मार्फत प्राण भर्ने काम गरेकी छन्।

नेपाल आईडलबाट बाहिरिएपछि ममताले सांगीतिक जीवनमा पहिलो पटक औपचारिक रेकर्ड गराइएको गीत हो ‘दुनियाँको आँखा’। कोरोनाको प्रभाव र विविध कारणले सार्वजनिक भने ढिला भएको गायिका ममता गुरुङले जानकारी दिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर