काठमाडौं – आज (आइतबार) सुनको भाउ घटेको  छ । आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ३ सय रुपैयाँ रहेको थियो ।