काठमाडौं – बागमती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारको लागि १० करोड रुपैयाँ कोषको स्थापना गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोषको स्थापना गरेको हो ।
विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना रोकथाम, नियन्त्रणका संक्रमितहरूकाे उपचारकाे लागि विशेष अभियान संचालनका लागि कोषको स्थापना गरिएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
मुख्यमन्त्रीसहित मन्त्रीहरुले कोषमा एक महिनाको तलब जम्मा घोषणा गर्नुभएको छ । प्रदेश सरकारले सर्वसाधारणलाई समेत कोषमा रकम जम्मा गर्न आव्हान गरेको छ ।