स्मार्टफोनको सबैभन्दा ठूलो समस्या ब्याट्री चार्जिङ हो। कहिलेकाही गुणस्तरीय फोनसमेत ब्याट्रीकै कारण प्रयोगविहीन बन्न पुग्छ। मोबाइल चार्जिङको समयमा केही गल्ती गर्दा मोबाइल नै ब्लास्ट हुने सम्भावना हुन्छ।

फ्लाइट मोडमा राख्नुहोस्:  यो एउटा निकै साधारण तरिका हो जसले तपाइँको फोन तिव्र गतिमा चार्ज भैरहन्छ । यसो गर्दा लगभग मोबाइल अफ गरेर चार्ज गरे सरह नै तिव्र रुपमा चार्ज हुन्छ । जब तपाइँले फोनलाई फ्लाइट मोडमा राख्नुहुन्छ यसको कल गर्ने, इन्टरनेट ब्राउजिंग तथा जिपिएस जस्ता फिचरहरुले काम गर्दैनन् । तर फोनको चार्ज तिव्र गतिमा हुन्छ र अलार्म पनि चालू हालतमै रहेको हुन्छ ।

स्विचअफ गर्नुहोस्: जब तपाईं मोबाइलको स्विच अफ गरेर चार्ज गर्नुहुन्छ तब मोबाइलको ब्याट्री छिटो चार्ज हुन्छ ।

यु एस बी पोर्टबाट चार्ज नगर्नुस्:  मोबाइल फोनलाई यु एस बी पोर्टको साटो मोबाइल चार्जरबाट सिधै बिजुलीमा जोडेर चार्ज गर्दा छिटो चार्ज हुन्छ ।

उचित तापक्रममा राख्नुहोस्: धेरै तापक्रमले ब्याट्रीको चार्ज गर्ने क्षमतालाई कम गरिदिन्छ । फोन तात्नाले ब्याट्रीको क्षमतामा कमी आउँछ । त्यसैले घाममा राखेर फोन चार्ज नगर्नुहोस् ।

आधिकारिक चार्जरको प्रयोग गर्नुहोस्: चार्जर उस्तै देखिएपनि एउटै हुँदैनन् । सस्तो खालका कमसल चार्जरको प्रयोगले फोन खराब बनाउँदछ । त्यसैले सधै ब्राण्डेड तथा आधिकारिक चार्जको प्रयोग गर्नुहोस् । यसले फोन छिटो चार्ज हुनुका साथै सुरक्षित पनि हुन्छ ।