काठमाडौं – गायक सुदन गैरेको सुमधुर स्वरमा सजिएको  “चाहिदैन भो पैसाको थुप्रो नी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली समाजको यथार्थलाई समेटेर तयार पारिएको यस गीतमा  पैसा कमाउनकै लागि विदेशिनु पर्दैन , विदेशजाने खर्चले नेपालमै केहि  गर्न सकिन्छ भन्ने भन्ने भाव व्यक्त गरिएको छ।

गीतमा शब्द गणेश शाहीको रहेको छ भने संगीत स्वयम गायक गैरेको रहेको छ।  गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।  भिडियोमा दुई युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ।  भिडियोमा बिना राउत र सरोज प्रजा फिचर्ड छन्।  फराज अर्पणले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो।  भिडियो ‘राइट ट्युन इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू