आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको वडा नंम्बर ५ मा नेकपा एमालेले जित बहादुर घिमिरेलाई अध्यक्षको उम्मेदवार बनाएको छ । अध्यक्ष पदको लागि ३ जनाको दावी भएपछि जिल्ला कमिटीमा सिफारिस गरिएको थियो । जिल्ला कमिटीको बैठकले घिमिरेलाई अगाडी बढाएको हो ।
घिमिरेले यसअघि पनि एमालेबाटै वडा अध्यक्षमा जितेका थिए । उनले गत शुक्रबार नै राजिनामा दिईसकेका छन् भने आफुले पाएको सवारी साधन समेत वडाका सचिवलाई बुझाएका छन् । त्यस्तै सदस्यहरुमा बलराम तितुङ , रत्नमान लो महिला सदस्यमा संगिता घिमिरे र दलिल सदस्यमा निर्मला वि.क.लाई उम्मेदवारी बनाएको छ । उनिहरुले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगरे उम्मेदवारी दर्ता गर्ने भएको छ ।