बुद्ध जयन्तीको अवसरमा हेटौँडा – १० मा रहेको ह्याङ्ला तामाङ्ग समाज मकवानपुर परिवारले हेटौँडाको बुद्धचोकमा दिप प्रज्वलन गरेका छन् । २५६४ औँ बुद्ध जयन्तीको अवसरमा बुद्धचोकमा दिप प्रज्वलन गरी भगवान बुद्धको जन्म जयन्ती मनाएका हुन् । कोभिड –१९ कोरोना भाईरसको कारण देश अहिले लकडाउनमा रहेको छ ।

देशमा लकडाउन भएको कारण ठुलो कार्यक्रम गर्न नसकिएको ह्याङ्ला तामाङ्ग समाज मकवानपुरका अध्यक्ष कालु घलानले बताउनु भयो । उहाँले भन्नु भयो यो वर्ष देशमा लकडाउनका कारण हामीले ठुलो कार्यक्रम गर्न सकिएन , अर्को वर्ष ठुलो कार्यक्रम राखेर बुद्धको जन्म जयन्ती मनाउने छौँ । देश लकडाउनमा रहेको कारण भिडभाडलाई कम गर्नका लागि पालैपालो गरेर दिप प्रज्वलन गरेको अध्यक्ष घलानले बताउनु भयो ।