आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख २६ गते शुक्रवार ।  इ.सं. 08 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख शुक्लपक्ष तिथि प्रतिपदा , १४:५८ बजे उप्रान्त द्वितीया । नक्षत्र स्वाती , ११:५० बजे उप्रान्त विशाखा । योग वरियान् , १५:०३ बजे उप्रान्त परिघ । करण कौलव १४:५८ बजेदेखि तैतिल , २६:०१ बजे उप्रान्त भद्रा । चन्द्रराशि वृश्चिक । आनन्दादी योग मातंग । दिनमान ३३ घडी १९ पला । सूर्योदय ०५: २२ बजे । सूर्यास्त १८: ४१ बजे ।

विश्व रेडक्रस दिवस। कानुन दिवस। सर्वार्थसिद्धि योग १०:२७ बजेदेखि।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

समय प्रतिकुल भई कुलतमा मन जान सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मतभेदको अवस्थापनि आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।       

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सेवा र धार्मिक कार्यमा रुचि बढ्नेछ । कृषि क्षेत्रको काम अघी बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । अन्न लाभपनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज रोकिएका धन र कार्यमा विस्तारै सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नसक्छ, तर साँझमा अधिक धन खर्च हुनेछ ।  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक सामान्य नै रहला । न्यायिक कार्यमा सफलता मिल्नेछ ।          

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रबाट केही राम्रो हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य अलि सहज हुनेछ । धार्मिक / सांस्कृतिक र परोपकारमा मन जानेछ ।   

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद बढ्न सक्छ । चोटपटकपनि लाग्न सक्नेछ ।  

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मुद्धा मामिलामापनि सफलता मिल्न सक्छ ।           

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

 आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ, तर वैदेशिक क्षेत्र भने कमजोर नै रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल ज्यो.प. नारायणप्रसाद दुलाल