काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मसिनेमा २–०३–००१ नम्बरको टिपर दुर्घटना हुँदा मकवानपुरको एक पुरुषको मृत्य भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. २ का २५ वर्षीय विनोद बल रहेका छन् । बलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आइतवार राति चन्दागिरि नगरपालिका–२ मसिनेबाट ग्राबेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गर्दा राति ९ बजे दुर्घटना भएको थियो ।