नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो। इण्डियन आयल कर्पोरेशनले वृद्धि गरेर पठाएको मूल्य अनुसार गएराती १२ बजेबाट लागुहुनेगरी मुल्य वृद्धि गरिएको हो। मूल्य वृद्धिपछि पेट्रोल ११८ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टितेलको १०१ रुपैयाँ पुगेको छ। हवाई इन्धन, खाना पकाउने एलपी ग्यासको मूल्यमा भने यथावत राखेको निगमले जनाएको छ ।