Breaking
7 Dec 2024, Sat

कर्णालीको पोस्टमा धादिङ्गको ९ गोल, मकवानपुरे खेलाडी अमिर बने नायक

नेपालगंज रंगशालामा सोमबारबाट सुरु भएको प्रेसिडेन्ट लिगको दोस्रो दिनको पहिलो खेलमा धादिङले जुम्लालाई ९–१ को फराकिलो गोल अन्तरले हराएको छ । बागमती प्रदेश विजेता बन्दै अन्तर प्रदेश स्तरीय एन्फा प्रेसिडेन्ट लिग खेलेको धादिङले कर्णाली प्रदेश बिजेता जुम्लालाई फराकिलो गोल अन्तरले हराएको हो । धादिङको जीतमा मकवानपुरका खेलाडी अमिर श्रेष्ठ नायक घोषित भए । धादिङको जितका लागि जर्सी नम्बर ७ का अमिर श्रेष्ठले ह्याट्रिक पुरा गर्दै व्यक्तिगत ४ गोल गरेका थिए ।

यस्तै जर्सी नम्बर २२ का शिरिषले ३ गोल, जर्सी नम्बर १७ का विपिन कडेलले १ गोल र रुपेश केसीले १ गोल गरि ९ गोल गरेका थिए । धादिङ विरुद्ध मैदानमा उत्रेको जुम्ला भने १ गोलमा सिमित हुन पुग्यो जुम्लाको लागि संगम शाहीले गोल गरेका थिए । पहिलो पटक प्रेसिडेन्ट लिगमा सहभागि धादिङले ९ गोल गर्दै जुम्ला विरुद्ध विजेता बनेसँगै धादिङका लागि ४ गोल गर्ने खेलाडी अमिर श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजारले सम्मानित भए । सिंगल राउण्ड रोविनका आधारमा हुने यस लिगमा आज पहिलो खेल धादिङले लेकाली युवा क्लव जुम्लासँग खेल्यो भने, दोस्रो खेल चैत्र ५ गते त्रिवेणी युवा क्लव लमजुङसँग खेल्ने छ । यस्तै धादिङले तेस्रो खेल चैत्र ७ गते मनकामना युवा क्लव रौतहटसँग, चैत्र ९ गते स्टार सिटी क्लव कैलालीसँग, चैत्र ११ गते धम्बोझी स्पोर्टस क्लव बाँकेसँग र अन्तिम खेल चैत्र १३ गते सैनिक फुटबल क्लव झापासँग खेल्ने छ ।

Ad
Ad