हेटौँडाको हुप्राचौरमा जारी खुल्ला नकआउट ७ ‘ए’ साइट फुटबल प्रतियोगिताको उपाधि आरआर एफसीले जितेको छ। शनिबार भएको आरआर एफसी र हर्नामाडी कमलेदेवि युवा क्लव विच भएको फाइनल खेलमा निर्धारित समय गोलरहित सकिएपछि खेल ट्राईबेकरबाट छिनोफानो गरेको हो ।

ट्राईब्रेकरमा हर्नामाडी कमलेदेवि युवा क्लवलाई ३ –२ गोलले पराजित गर्दै आरआरएफसीले उपाधि जितेको हो । नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटि मकवानपुर र भुटनदेवि युवा क्लवको संयुक्त आयोजनामा भएको खुल्ला नकआउट ७ ‘ए’ साइट फुटबल प्रतियोगितामा एफसीले उपाधिसँगै नगद ५० हजार सहित सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

उपविजेता हर्नामाडीले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र गरेको छ । खेलमा म्यान अफ दि म्याच र बेष्ट गोल किपर आरआरएफसीका गोपि बर्तौला घोषित भएका छन् । भने उत्कृष्ट डिफेन्स विकाश वाइवा, उत्कृष्ट मिडफिल्डर आरआर एफसीका सुनिल घलान, बेष्ट फरवार्ड विजय दोङ र समिराज थोकर म्यान अफ द सिरिज घोषित भएका हुन् ।