नेकपा एमाले आधिकारिक रुपमै विभाजित भएको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको छ । नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए ।

साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् । दल दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले जानकारी दिए । ‘निर्वाचन आयोगले दर्ता गरेको छ । दल दर्ताको निवेदन दिएर आएपछि नेता राजेन्द्र पाण्डेले पत्रकारसँग भने, ‘एमालेमा अल्मलिएर रहेका साथीहरूलाई पनि चाँडोभन्दा चाँडो नेकपा एमाले ९समाजवादी० मा आउन आग्रह गर्छौँ ।’ उनले प्रस्तावित एमाले९समाजवादी० दल दर्ता स्वीकृत भएपछि आफ्नो पार्टी सरकारमा सहभागी हुने बताए । आफूहरुसँग एमालेका उपाध्यक्ष वामदेव गौतम पनि आउने उनले दाबी गरे ।