कोरोनाबाट बच्न सानी बालिकाको यस्तो सन्देश

अनलाइन पत्र संवाददाता२०७६-१२-२७ No Comments

सरकारले लकडाउनको समय थप गरिरहेको समयमा कलाकार सन्तोष खनाल र बालकलाकार सुयषा खनालको कोरोना प्रकोपबाट बच्न बनाईएको सन्देशमुलक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक भिडियोमा लकडाउनको समयमा घरमा बस्दा दिक्क लागेर घरबाहिर निस्कन खोज्ने बुवालाई छोरीले सम्झाएको दृश्यले सबैको मन जितेको छ। सामाजिक सञ्जालमा लोकप्रिय भएको भिडियोलाई झण्डै १० लाख पटक हेरिएको छ भने ९ हजार शेयर गरिएको छ।

हाँस्यटेलिश्रृङ्खला गोलमालका लेखक एवम् कलाकार समेत रहेका सन्तोष खनालले कोरोना प्रभाव बाट बच्नको लागि कडा रुपमा लकडाउनको पालना गर्न समेत आग्रह गरे। हिमालयन टेलिभजिनमा फिल्मी किरो कार्यक्रम समेत सञ्चालन गर्ने खनाल म्युजिक भिडियो एवम् विज्ञापन निर्देशनमा सक्रिय समेत रहेका छन्।

घरमा बस्दाको फुर्सदको समयलाई अधिकतम उपयोग गर्ने उदेश्यले छोरी सुयषा खनालको साथमा सन्देशमुलक भिडियो निर्माण गरेका हुन्। उनले सो भिडियो मोबाइलबाटै खिचेका थिए।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/radionrn/videos/2830902266994152/
Ad
Ad