यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

काक्रोको यस्ता छन् फाइदाहरु


काँक्रोको सेवनले शरीरलाई निकै फाईदा गर्छ । यसमा ‘इरेप्सिन’ नामक एम्जाइम हुन्छ, जुन प्रोटिन पचाउनमा मद्दत गर्छ ।

Advertisement
काँक्रोमा ९६ प्रतिशत पानी मात्र हुने भएकोले यसमा भिटामिन ए, बी वान, बी , सी, डी, पोटासियम, फस्फोरस , आइरन आदि प्रशस्त मात्रामा पाईन्छ । नियमित रुपमा काँक्रोको जुस बनाएर पिउनाले शररिको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाई साथै काँक्रोको नियमित सेवनले कपाल सुन्दर र स्वस्थ बनाउन समेत मद्दत गर्छ ।
काँक्रोका केहि फाइका यस्ता छन्
१. यसको सेवनका कारण क्यान्सर जस्तो खतरा हुनबाट बचाउँछ ।
२. महिनावारी हुँदा देखिन सक्ने समस्याबाट समाधान पाउन सकिन्छ ।
३. मधुमेह वा उच्चरक्तचाप रोग भएका ब्यक्तिहरुका लागि फलदायी हुन्छ ।
४.यसमा पानीको मात्रा बढी हुने भएकाले शरीरको तौल घटाउन मद्दत गर्छ । यसमा फाइबर बढी भएकाले खाना पचाउन मद्दत गर्छ
५. काँक्रोलाई अनुहारमा लगाउँदा शितला मिल्ने हुन्छ । र आखाँमा लगाउँदा आँखालाई चिसो प्रदान गरि राख्छ र आँखा पोल्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।