Comments Add Comment

डण्डिफोरबाट बच्न आजै छाड्नुहोस् यी ७ काम

किशोरावस्थामा सबैलाई डण्डिफोर आउँछ । यो सामान्य कुरा पनि हो । तर कतिपय अवस्थामा डण्डिफोर आउने कुनै उमेर, समय र मौसम चाहिँदैन।
विशेषत गर्मी मौसममा धेरैलाई डण्डिफोर आउने गर्दछ, विभिन्न कारणले जाडोमा पनि डण्डिफोरले सताउने गर्दछ । अनुहारको छालामा हुने छिद्रलाई डेडसेलहरुले बन्द गरिदिएपछि त्यही ठाउँमा डण्डिफोर आउँने गर्दछ ।

प्रायः अनुहारमै आउने डण्डिफोरले अनुहारको सुन्दरता बिगार्ने गर्दछ । अझ कतिपय अवस्थामा त डण्डिफोरको दाग नै बस्ने गर्दछ । जसलाई सहजै हटाउन सकिंदैन । तर समयामा सावधानी दिन सकियो भने डण्डिफोरको असर देखा पर्दैन ।

डण्डिफोर आउँदा ध्यान दिनुपर्ने कुराहरु
१। डन्डिफोरलाई हातले सोझै छुनु हुँदैन । छोइयो भने तुरुन्तै हात धुने गर्नुपर्छ ।
२। डण्डिफोर छोएको हातले अनुहारको अन्य भाग छोएमा त्यहा पनि डण्डिफोर आउँछ ।
३। डण्डिफोरलाई निचोर्ने वा कोट्याउने गर्नुहुदैन ।
४। अनुहार सफा गरेपछि पुछ्नका लागि सफा रुमाल अथवा तौलियाको व्यवस्था गर्नुपर्छ ।
५। बेलुका सुत्नुअघि अनुहारको मेकअपलाई मज्जाले पखाल्नु पर्छ ।
६। मेकअपका प्रोडक्टलाई परिवर्तन गर्नुहुदैन ।
७। यदि लामो समयदेखि डण्डिफोर आइरहेको छ भने चिकित्सक परामर्श लिनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर