Coronavirus COVID-19

यी हुन् मास्क लगाउँदा गर्न नहुने गल्ती

[Ads]

Advertisement

काठमाडौं – अहिले कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको छ । तिब्र गतिमा फैलिइरहेको यो प्राणघातक भाइरसलाई रोक्नका लागि विश्वभरका धेरै स्थानमा लकडाउनको स्थिति छ ।
यो अवस्थामा बाहिर हिड्दा या भिडभाडमा जाँदा मास्क लगाउनु अनिवार्य गरिएको छ ।

मास्क कसरी लगाउने त ? हामी यहाँ पाँच वटा त्यस्ता कुराहरु बताइरहेका छौं, जसलाई तपाईंहरुले मास्क लगाउने बेलामा गर्नै हुँदैन ।

१. मास्कलाई नाकभन्दा तलमात्र लगाउनु हुँदैन, नाक नै छोपिने गरी लगाउनु पर्छ ।

२. चिउँडोलाई पनि मास्कले ढाक्नु पर्छ ।

३. खुकुलो भैसकेको मास्क लगाउनै हुँदैन ।

४. मास्कले नाकलाई पनि राम्ररी ठाक्नु पर्छ । मास्क केवल तपाईंको नाकको टुप्पोसम्म मात्र अडिएको हुनु हुँदैन ।

५. जब कसैसंग कुरा गरिरहनु भएको हुन्छ, मास्कलाई चिउँडोतिर नतान्नु होला ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...