Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

रिलायन्सको रक्तदान कार्यक्रममा ४० जनाले गरे रगत दान

Company Register

हेटौडा – रिलायन्स लाईफ ईन्सोरेन्स हेटौंडा शाखाको रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी हेटौंडाको समन्वय र रिलायन्स लाईफ ईन्सोरेन्सको तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ४०जनाले रक्तदान गरेका छन् ।

Advertisement

हेटौंडा –४ कान्तिराजपथ स्थित ईन्सोरेन्सको आफ्नै कार्यालय भवन अगाडी कार्यक्रम आयोजना गरिएको थियो । कोरोना भाईरसको महामारीका कारण रगतको अभाव भएको र रगतकै कारण धेरैले ज्यान गुमाउन बाध्य हुनु परेकोले केही सहयोग हुन्छ भन्ने हेतुले ईन्सोरेन्सले आफ्नो वार्षिकोत्सव पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको रिलायन्स लाईफ ईन्सोरेन्स हेटौंडा शाखाका प्रमुख सुर्य गिरीले बताए । कार्यक्रम बिहान ८ बजे सुरु भइ ११ बजे सम्पन्न भएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...