Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शिक्षक स‌ंगठन मकवानपुर निरन्तर ४५ दिनसम्म शिक्षक प्रशिक्षणमा

Company Register

Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको शिक्षक प्रशिक्षणको ४५ औं सत्र तथा शिक्षक हीत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ दिने प्रशिक्षणात्मक भेलाको तेस्रो दिनको कार्यक्रम आज सम्पन्न भएको छ ।नेफस्कुन केन्द्रिय समितिका अध्यक्ष परितोष पौडेलको प्रमूख आतिथ्यता रहेकोकार्यक्रम सहकारी अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । देशका बिभिन्न जिल्ला तथा मकवानपुरबाट सहभागी रहेका शिक्षकबीच सम्पन्न प्रशिक्षणात्मक भेलालाइ जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठले सहकारीमा सञ्चालक र सदस्यहरुको भूमिका विषयमा प्रशिक्षण दिनुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

कार्यक्रमलाइ संवोधन गर्दै प्रशिक्षक श्रेष्ठले सहकारी सहकार्यको उपज भएकोले सहकारीकर्मी र शेयरधनी बीचको सम्वन्धलाइ समेत प्रष्ट्याउनुभएको हो । कार्यक्रममा प्रशिक्षकले सहभागीहरुबाट उठेका सवालहरुबारे पनि संक्षिप्त जवाफ दिनुभएको थियो । सहकारी सह सचिव कृष्ण प्रसाद पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाइ लेखासमिति सदस्य अमृता भट्टले स्वागत गर्नुभएको हो । कार्यक्रममा संगठन राष्ट्रीय समिति कोषाध्यक्ष बिष्णु भण्डारी, सदस्य पद्मा पौडेल, राष्ट्रिय परिषद सदस्य सुन्दरी घिमिरे, पूर्व राष्ट्रिय समिति सदस्य यदु सुवाल, बागमती प्रदेश सचिवालय सदस्य मोहन शर्मा, सदस्य सीतादेवी खनाल, पार्वती खनाल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल उपाध्यक्ष लक्ष्मी गजुरेल,सहसचिव प्रतिमा गौतम, लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी लेखासमिति संयोजक अभिमन्यू गौतमले मन्तब्य सहित समपान गर्नुभएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवा अध्यक्ष मोचनाथ न्यौपाने उपाध्यक्ष आङ्ग माँयाँ शेर्पा मकवानपुर जिल्ला समिति सल्लाहकार लक्ष्मी चौलागाइ,पिताम्बर वास्तोला,अकुरप्रसाद गौतम, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सह कोषाध्यक्ष चन्द्रादेबी लामा बल,सचिवालय सदस्य कृष्ण पौडेल जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सचिवालय सदस्य कृष्ण पौडेल, सदस्य सविता लामिछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी संगठन नगर सचिव गोपिरमण प्याकुरेल, थाहानगर अध्यक्ष रमेशमान डङ्गोल धादिङ सदस्य सरस्वती पाण्डे, लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम बैशाख ६ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा ४६ औं सत्र अन्तर्गत शिक्षक सहकारीले भोलि जेष्ठ २१ गते नेपाल राष्ट्रीय शिक्षक संगठन राष्ट्रीय समिति पूर्व अध्यक्ष बाबुराम अधिकारीको प्रमूख आतिथ्यतामा बागमती प्रदेसका शिक्षक हीत साकोसहरुको अवस्था र राम्रा अभ्यासहरुको विषयमा अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गर्ने अध्यक्ष सिताराम दाहालले बताउनुभयो । ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...