Comments Add Comment

हेटौँडाका एक युवक वीरगञ्जबाट पक्राउ

हेटौँडा – पर्सा प्रहरीले लागु औषधसहित एक युवकलाई वीरगञ्जबाट पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने २५ वर्षीय रिजन लामिछानेलाई पक्राउ गरेको हो ।

लागु औषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको प्रहरी टोलीले लामिछाानेलाई ईनर्वाबाट चेकजाँच गनर्नेक्रममा लागुऔषधसहित पक्राउ गरेको हो ।उनको साथबाट लागु औषध कोरेक्स २५ थान बरामद भएको प्रहरीले जनाएको छ ।

उनिमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर