Comments Add Comment

चलचित्र विकास बोर्डमा अध्यक्ष पदका आवेदन खुला

चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि नेपाल सरकारले आवेदन खोलेको छ। आज गोरखापत्र दैनिकमा विज्ञापन सार्वजनिक गर्दै आवेदन खोलिएको हो। ३० बर्षदेखि ६५ बर्षसम्मका नेपाली नागरिकले बोर्ड अध्यक्ष बन्नका लागि आवेदन दिन सक्नेछन्।

बोर्ड अध्यक्ष बन्नका लागि स्नातक अध्ययन र १० वर्ष सिनेमा क्षेत्रमा बिताएको हुनुपर्नेछ। यस्तै, पविणता पत्र पास गरेको व्यक्तिले २० बर्ष सिनेमा क्षेत्रमा बिताएको हुनुपर्नेछ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएपछि बोर्डको अध्यक्ष पद रिक्त रहँदै आएको थियो। पछिल्लो समयमा बोर्डको अध्यक्षको लागि महानायक राजेश हमाल, निर्देशक दयाराम दहाल, अभिनेता भुवन केसीको नाम चर्चामा रहदै आएको छ।

संचार, सूचना तथा पविधि मन्त्रालयले सूचना सार्वजनिक भएको १५ दिनभित्र आवेदन दिन अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर