नायिका शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ म्यूजिक भिडियो सार्वजनिक [भिडियोसहित]

काठमाडौं – नायिका शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा उतारिएको गीतमा गायक श्रेष्ठ र गायिका मेलिना राईको स्वर रहेको छ।  

राम अविरल विष्टका शब्द, राजन तिमिल्सिनाको संगीत सिर्जना रहेको गीतमा  शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ।

फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतले प्रेममा चोट पाउनेहरुमा वेदनालाई नजिकबाट केलाएको छ।

भिडियोमा वैंशालु उमेरमा प्रेममा परेका तर परिस्थितीले प्रेमीप्रेमीका एक हुन नसकेको असफल प्रेम कहानीलाई  देखाउन खोजिएको छ। गीतमा नायिका पोखरेलले दुःखान्त परिस्थितिको अभिनय गरेकी छन्। 

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=hwvWzhQgZAc

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad