2025-12-07 9:33 am

पर्यटन वर्ष २०२० को स्वागत गीत यस्तो बन्यो , राजेश पायल र बैशालीले दिए स्वर

सरकारले नेपाल पर्यटन वर्ष २०२० को भव्य तयारी गरिरहेको छ । पर्यटन वर्ष २०२० को पुर्वसन्ध्यामा रहँदा चर्चित गायक राजेश पायल राई र बैशाली लामाको स्वरमा भिजिट २०२० को गीत अडियो भर्सनमा सार्वजनिक भएको छ । राई इज किङको नाम समेत चर्चित गायक राईको अफिसियल युटुयुब च्यानल मार्फत ‘वेलकम टु नेपाल’ बोलको अडियो गीत मंगलबार सार्वजनिक भएको हो । गीतमा नेपाल किन भ्रमण गर्ने भन्ने कुराको वर्णन तथा नेपालको विशेषताहरू रहेको छ । गीत अंग्रेजी भाषामा रहेको छ ।

गीतमा शब्द स्वप्निल बरालको रहेको छ भने संगित र एरेन्ज बादल लिम्बुले गरेका छन् । यस्तै गीतको भिडियो पनि तयार गरिएको छ । सार्वजनिक गरिएको गीतमा संस्कृति, पर्यटन तथा उडड्नमन्त्री योगेश भट्टराईलाई विशेष धन्यवाद समेत व्यक्त गरिएको छ । गायक राईले लेखेका छन्,‘आफ्नो देश नेपाललाई विश्व सामु चिनाउने, अनि आम विदेशी पर्यटकहरुको स्वागत गर्ने मौका दिनु भएकोमा सम्माननिय नागरिक उड्ययन एवं पर्यटन मन्त्री श्री योगेस भट्टराइ ज्यु प्रती आभार ब्यक्त गर्न चाहान्छु ।’

गीत हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad