काठमाडौं । नाटक ‘बोक्सीको घर’लाई चलचित्रको पर्दामा उतारिने भएको छ । सुलक्षण भारतीको लेखनमा निर्माण गर्न लागिएको चलचित्र ‘बोक्सीको घर’लाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त निर्देशन गर्नेछन् । केकी अधिकारी

फिल्मसले निर्माण गर्ने चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारी पनि मूख्य भूमिकामा रहने छन् । 

चलचित्रका अन्य पात्रका लागि कलाकारहरुको छनोट आगामी साता खुला अडिशनमार्फत लिइने छ । 

यथार्थपरक चलचित्रको रुपमा निर्माण हुने चलचित्र ‘बोक्सीको घर’मा समेटिने अधिकांश घटना र दृश्य विगतदेखि अहिलेसम्म समाजमै घटेका वा घटाइएका घटनाहरूमा आधारित रहनेछन् ।

चलचित्र ‘बोक्सीको घर’लाई रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्दैछन् भने चलचित्रको कार्यकारी निर्माता विशाल भण्डारी हुन् । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ र टेलिभिजन कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’पछि यो टिमले तेस्रो प्रोजेक्टका रूपमा चलचित्र ‘बोक्सीको घर’ निर्माण गर्न लागेको हो ।

निर्माण युनिट डेढ महिनादेखि वर्कसपमा छ । चार महिनाको वर्कसपपछि चलचित्रको छायांकन थालिनेछ ।

वि.सं. २०७३ को साउन र भदौमा मण्डला थिएटरमा मञ्चन भएको नाटकमा अभिनेत्री सरीता गिरीको एकल अभिनय थियो ।

https://www.facebook.com/officialkekiadhikari/posts/3696868260356565