काठमाडौं –  नायक पल शाह र नायिका स्वस्तिमा खड्का बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘दिलको हरन’ सार्वजनिक भएको छ।

प्रतिभावान  गायक हरि लिम्बु र लोकप्रिय गायिका मेलिना राईले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन्।  लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेको  गीतमा बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द रहेको छ।  उदयराज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई  सुबोल थापाले कोरियोग्राफी गरेका हुन्। दिन्सन शाहले सम्पादन गरेको भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो।  ए प्लस नामक युट्युव च्यानाल मार्फत भिडियो सार्वजनिक गरिएको हो। दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू