यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सपना रोका मगर बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा


बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा नेपालकी सपना रोका मगर परेकी छिन् ।

Advertisement
बेलायती सञ्चारमाध्यममा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा उनी पर्न सफल भएकी हुन् ।
उनी सडक र गल्ली किनारमा भेटिएका बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी युवती हुन् ।
म्याग्दी जिल्लाकी सपनाले अहिलेसम्म ३ सयभन्दा बढी बेवारिसे शवहरुको व्यवस्थापन गरिसकेकी छिन् ।