नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको समानान्तर कमिटिको रुपमा रहेको प्रवासी नेपाली मन्च एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ । आइतबार एक घोषणा सभाको आयोजना गरेर समाहित भएको घोषणा गरेको हो । संगठनको नाम समेत परिवर्तन गरिएको छ । प्रवासी नेपाली मन्च लाइ परिवर्तन गरेर प्रवासी नेपाली एकता मन्च बनाइएको छ ।

संगठनको अध्यक्षमा शुभराज भोम्जन र महासचिवमा राजकुमार राइ (राजु) लाइनै निरन्तरता दिएको छ । त्यसैगरी उपाध्यक्षमा रमेश थापा मगर, दशरथ कुँवर, सुर्य रुम्बा सचिवमा जगदिश घरडी,अवदेशराज ,चौरासिया, अनिता रुम्बा, चयन हुनुका साथै अनुशासन बिभाग प्रमुखमा उमेश कुँवर, आर्थिक बिभाग प्रमुखमा जगत वाइबा, प्रचार बिभाग प्रमुखमा अमीर योन्जन र युवा बिभाग प्रमुखमा घनश्याम अधिकारीलाइ जिम्मेवारी दिइएको छ ।

त्यसैगरी केन्द्रीय सदस्यहरुमा झलक क्षेत्री, कबिराज गिरी, सुरेश गिरी, ज्ञानेन्द्र थापा क्षेत्री, सन्देश राइ, बिरचन्द्र कुलुङ राइ, धनराज राइ , सुमित्रा घिसिङ, सन्तोश साह, युवराज राइ, सुरज थिङ, जयराम रिमाल बिमल देबकोटा र खानिमाया सुनुवारलाइ चयन गरिएको छ । सल्लाहकारमा प्रबिन पौडेल र जित बहादुर सारु मगर (रोयल) लाइ चयन गरिएको छ ।

आइतबार जुम भर्चुअल माध्यबाट भएको घोषणा कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एबम बिदेश बिभाग इन्चार्ज श्रीप्रशाद साहको प्रमुख आतिथ्यता रहनुका साथै नेत्री रामकुमारी झाँक्रीको विशेष आतिथ्यता रहेको थियो । घोषणा सभामा एमाले निकट प्रवासी नेपाली मन्च र बिभिन्न सङ्घ सस्थामा कृयाशिल सामाजिक ब्यक्तित्वहरुले एकीकृत समाजवादीमा प्रवेश गरेका छन । अध्यक्ष चुनिय पश्चात शुभराज भोम्जनले सङ्गठनमा सबैलाइ उचित जिम्मेवारी दिएर अगाढि बढाउने र राजनितिक एजेण्डा सङ्गै कोरियाली नेपाली समाजको समस्याहरुलाइ पहिचानगरी समाधानगर्ने दिशामा अधिबढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।