Comments Add Comment

नवलपुरका तीन स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु

नवलपुरका तीन स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिममा भएको दुर्घटनामा २२ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। 

Ad
Advertisement

सोमबार राति करिब १० बजे कावासोतीको खरकट्टा जंगलमा ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार पाँचै जनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये तीन जनाको सनाखत भएको छ। सनाखत हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विश्वकर्मा रहेको उनका भतिज सुमन विश्वकर्माले जानकारी दिए। यस्तै, देवचुलीकै दिलबहादुर ढेगा मगर र कैलालीको धनगढी–११ घर भै हाल देवचुली बस्दै आएका सुरज राना मगर रहेको प्रहरीले जनाएको छ। अन्यको सनाखत हुन सकेको छैन।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बररको कार कावासोती–८ स्थित खरकट्टा जंगल क्षेत्रमा ठोक्किको थियो। त्यस्तै, सोमबार राति नै दाङबाट काडमाडौं जाँदै गरेको ना ७ ख ८६४२  बस अरूणखोलामा दुर्घटना हुँदा मकवानपुर हेटौडाका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको उपचारका क्रममा  पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको छ। उक्त दुर्घटनमा १५ जना घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। बस आफैं अनियत्रित भई दुर्घटना भएको बताइएको छ । 

यसैगरी मंगलबार सुर्खेतबाट वीरगंज जाँदै गरेको ना ४ ख ९५१० नम्बरको बस चोरमारामा अनियन्त्रित भई पल्टिँदा सात जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

No tags found.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

👍 राम्रो
❤️ माया
😢 दुखेको
😡 क्रोधित

सम्बन्धित खवर

Ad
Ad