Menu

डेङ्गुको सङ्क्रमणबाट रुपन्देहीमा एक महिलाको मृत्यु

 डेङ्गुको सङ्क्रमणबाट रुपन्देहीको सैनामैनामा एक महिलाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका–३ मुर्गिया निवासी ५६ वर्षीया शोभा परियारको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आइतवार मृत्यु भएको अस्पतालले जनाएको छ ।

शुक्रबारदेखि ज्वरो आएपछि परियारलाई स्थानीय मेडिकलमा उपचार गरिए पनि सुधार नभएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । जिल्लामा डेङ्गुको सङ्क्रमणबाट दुई हप्ताअघि पनि एक महिलाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad