Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

एकैदिन २९४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज

Company Register

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख ३२ हजार २ सय ४६ पुगेको जानकारी दिए ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय २६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ९२ हजार १ सय ६६ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या २६ हजार ४ सय ८ रहेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७ सय ३९ पुगेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...