नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता कार्यकर्तालाई पक्राउ गरेको विरोधमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध सडक बन्द लगायतका आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।

नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगसहित दुई दर्जन नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा देशभर चरणवद्ध संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

घोषित संघर्षका कार्यक्रम अनुसार कात्तिक ३ गते जुलुस र प्रदर्शन, कात्तिक ५ गते कोणसभा र पिँढीसभा, कात्तिक ७ गते ओलीको पुत्ला दहन, कात्तिक ९ गते विरोध प्रदर्शन, कात्तिक १५ गते मसाल जुलुस र कात्तिक १७ गते आईतबार बिहान १० बजेदेखि ११ बजेसम्म सडक बन्द गर्दै चक्काजाम गर्ने जनाइएको छ ।