काठमाडौं – नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ ३३८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा काठमाडौं उपत्याकाका ४४ जना रहेका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० जना पुगेको छ ।

यस्तै, कुल १६ हजार ४९३ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । सोमबार १४० जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् । यता पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना महिला र २ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७९ रहेको छ ।