Comments Add Comment

महाशाखाका अनुसार अझै तीन दिन पानी पर्ने सम्भावना

मौसममा आंशिक देखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिण तर्फ सरेको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । जस अनुसार सोमबार आज मौसममा सामान्य बदली रहेने विभागले जनाएको छ । देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

असोज ०६ गते (सोमबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज ०७ गते (मंगलबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागमा सामान्य बदलि रहनेछ। पूर्वी र मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमका १/२ स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज ०८ गते (बुधबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर