यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

४ हजार ४७ जना कोरोना संक्रमित थपिए, १४७३ डिस्चार्ज

काठमाडौं –नेपालमा पछिल्लो २४ घण्टामा ४ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १४ हजार पाँच सय ३० जनामा गरिएको परीक्षणमा चार हजार ४७ जनामा कोरोना पुष्टि भएको हो ।
आज देशभर ३३ हजार आठ सय ८० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा एक हजार चार सय ७३ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ७७ हजार दुई सय ७७ पुगेको छ ।

Advertisement
आज काठमाडौं उपत्यकामा मात्र दुई हजार दुई सय ८३ जनामा कोरोना पुष्टि भएको छ ।