Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गुगलले लगायो २ सय ४० मोबाइल एपमाथि प्रतिबन्ध

Company Register

काठमाडौं – गुगलले आफ्नो प्ले स्टोरबाट २ सय ४० वटा मोबाइल एपहरुलाई प्रतिबन्ध लगाएको छ । ती एपहरुले प्रयोगकर्तामा माथि अनधिकृत हर्कत गरेको पाइएपछि गुगलले प्रतिवन्ध लगाएको हो ।

Advertisement

२ सय ४० वटा एपले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई अनेक खालका अनावश्यक विज्ञापनहरु देखाउने लगायतका कार्य गरी गुगलको नियम उल्लंघन गर्ने गरेको हुँदा प्रतिबन्धित गरिएको जनाइएको छ ।

गुगलको सेक्योरिटी समूहले ती एप्लिकेसनविरुद्ध कारवाही गर्ने निर्णय गरेसँगै एपहरुलाई ब्लक गरिएको हो ।

हरेक दिन झण्डै डेढ करोड मानिसहरुले प्रयोग गर्दै आएका रेन्बोमिक्स ग्रुपका ती एपहरुले प्याकटर सफ्टवेयरको माध्यमबाट हरेक दिन अनेक खालका विज्ञापनहरु देखाउने गरेका थिए ।

प्रयोगकर्ताहरुलाई अनावश्यक तथा भ्रमपूर्ण विज्ञापन देखाएर दुस्ख दिएका ती एपहरु ब्लक गरेसँगै गुगलले आफ्ना एन्ड्रोइड फोनमा रेन्बोमिक्स ग्रुपका एपहरु भएमा तत्कालै डिलिट गर्न आग्रह गरेको छ ।

लामो समयदेखि गुगलका नियमहरु उल्लंघन गर्दै आएको उक्त ग्रुपका विषयमा विषयमा शोधकर्ताहरुले ह्वाइट ओप्स नामक संस्थाको सहयोगमा तथ्यहरुको खुलासा गरेका थिए । त्यससँगै गुगलले उक्त समूहका एपहरुमाथि कारबाही गरेको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...