काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार तोलामा ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।

आइतबार प्रतितोला ९५ हजार ६०० रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।