Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

जिल्ला प्रशासन दैलेखमा अत्यावश्यक बाहेकका सेवा बन्द

Company Register

जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत एक जना सुब्बा र कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि नियमित सेवा बन्द गरिएको छ । प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो । जिल्लामा कोरोना संक्रमण पुष्टि भएका १ हजार ३ सय ६५ जनामध्ये १ हजार २ सय ४८ जना डिस्चार्ज भइसकेका र ४ जनाको मृत्यु भएको जिल्ला अस्पताल दैलेखका प्रमुख डाक्टर निराजन पन्तले बताए ।

Advertisement

पन्तका अनुसार १ सय १३ जना जिल्लाका बिभिन्न आइसोलेसन सेन्टरमा बसिरहेका छन् । कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या सबै भन्दा बढी ४ सय ७३ सुर्खेत र १ सय १६ दैलेखमा रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...