काठमाडौं – साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से २९ दसमलव ६८ अंकले बढेर १८ सय १० दसमलव ११ अंकमा पुगेको छ ।

सेन्सिटिभ पनि चार दसमलव ४२ अंकले बढेर तीन सय ४९ दसमलव ३७ अंकमा चढेको छ । आज एक सय ९६ कम्पनीहरुको ४९ हजार सात सय ८२ पटकको कारोवारमा एक करोड १७ लाख ४८ हजार चार सय ७० कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच अर्ब ४४ करोड २९ लाख एक हजार पाँच सय ३९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । जसमध्ये होटल समुहको सुचक घटेकाछन् भने बाँकी समुहको सुचक बढेकाछन् । बाँणिज्य बैक समुहको सुचक एक दसमलव ४४ अंकले बढेर १३ सय ५९ दसमलव ४१ पुग्दा जलबिद्युत समुहको सुचक पनि २१ दसमलव ३२ अंकले बढेर १४ सय ४६ दसमलव २१ अंकमा पुगेको छ । बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको बोर्टलस नेपाल तराई लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर १० हजार चार सय रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सोल्टी होटल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य भने तीन दसमलव २० प्रतिसतले घटेर दुई सय १२ रुपैयाँमा कारोवार भएको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको एनआईसी एशिया बैंकको प्रतिकित्ता छ सय ९७ रुपैयाँ अन्तिम मुल्यमा ३७ करोड ३३ लाख ८६ हजार पाँच सय पाँच रुपैयाँको कारोवार भएको छ ।