धुर्मुस-सुन्तलीको ‘ओ मेरो परान’ सार्वजनिक (भिडियो सहित)

अनलाइन पत्र संवाददाता२०७७-१२-०६ No Comments

धुर्मुस-सुन्तलीको आउँदो चलचित्र ‘म त मर्छु कि क्याहो’को पहिलो गीत सार्वजनिक  भएको छ । चलचित्रमा धुर्मुस-सुन्तली स्वयम् कै लेखन/निर्देशन रहेको छ ।

गत वर्ष ‘सेन्टी भाइरस’ चलचित्र लिएर आएका धुर्मुस-सुन्तलीले आउदो साल नयाँ चलचित्र प्रदर्शन गर्ने लक्ष्य लिएका छन् । ‘मेरी बास्सै’मा भएको धुर्मुसको थेगो ‘म त मर्छु कि क्याहो’लाई शीर्षक दिएर निर्माण गरिरहेको चलचित्रबाट ‘ओ मेरो परान’ शीर्षक रहेको गीत सार्वजनिक भएकोछ । गीतमा सीताराम कट्टेल, कुञ्जना घिमिरे र सुशिला थापा फिचर छन् ।

अहिलेको समय चर्चामा रहेकी व्यस्त गायिका रचना रिमाल र भक्त प्रधानले आवाज दिएको गीतमा लोक राज अधिकारीको शब्द सिर्जना रहेको छ । गीतलाई राजेन्द्र बजगाईंले संगीत/एरेन्ज गरेका छन् । त्यस्तै श्यामस्वेत रसाइलीले मिक्स/मास्टर गरेका छन् ।

सुदिप बरालको छायाँकनमा निर्माण गरिएको भिडियोलाई टेकेन्द्र शाहले रङ्गसंयोजन/सम्पादन गरेका छन् । भिडियोमा स्वोयत्न योन्जनको करियोग्राफी रहेको छ ।

Ad
Ad