आजको पञ्चाङ्ग

बि.सं. २०७७ भदौ २८ गते आइतवार । इ.सं. 13 September 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलगा । प्रमादीदक्षिणायनवर्षा ऋृतुआश्विन कृष्णपक्षतिथि
एकादशी , २२:५७ बजे उप्रान्त द्वादशी नक्षत्र पुनर्वशु , १३:२६ बजे उप्रान्त तिष्य योग वरियान् , १४:१२ बजे उप्रान्त परिघ करण वव ११:१५ बजेदेखि वालव , २२:५७ बजे उप्रान्त गर चन्द्रराशि मिथुन । आनन्दादी योग ध्वज। दिनमान ३० घडी ५१ पला । सूर्योदय ०५:४८ बजे । सूर्यास्त बेलुका १८:०९

इन्दिरा एकादशी व्रत। एकादशी श्राद्ध। फर्पिङमा हरि-शंकर यात्रा।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शैक्षिक कार्य अघि बढ्नेछ । कुटुम्बको साथ पाईनेछ । कार्य सम्पादनमा सहजतापनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लगनशीलताले कामहरू अगाडी बढ्नेछन । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेमीको सहयोग पाईनेछ । आत्मिक सन्तुष्टी मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रिनेछ । अनावश्यक झमेलामा परिएला । विविध समस्या खेप्नु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्ला । शैक्षिक क्षेत्रको योजनाले गति लिनेछ । छोटो यात्रा गर्ने अवसर मिल्नेछ, तर साँझमा खर्च बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शुभ समाचार सुन्न पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नसक्छ । मुद्दा मामिला आइलाग्नेछ, तर यात्रा सफल हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । परिवारिक सद्भाव बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
बित्तिय संस्थाबाट सहयोग पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।