Comments Add Comment

आज २०७६ आश्विन २१ गते मङ्गलवार को राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

वि.सं. २०७६ असोज २१। मंगलबार। इ.स. २०१९ अक्टोबर ८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। दशमी, १६:१९ उप्रान्त एकादशी। नक्षत्र– श्रवण, २२:३४ बजेउप्रान्त धनिष्ठा। योग– धृति, २७:५४ बजेउप्रान्त शूल। करण– गर, १६:१९ बजेदेखि वणिज, २९:०६ बजेउप्रान्त भद्रा। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ६:०० बजे, सूर्यास्त– १७:४१ बजे र दिनमान २९ घडी २ पला। विजया दशमी। देवी विसर्जन गर्ने साइत प्रात: ८:४५ बजे शुभ। देवीको प्रसादस्वरूप दशैँको टीका ग्रहण गर्ने शुभसाइत प्रात: १०:३५ बजे। श्री तुलजा–भवानी यात्रा बिहान १०:४७ बजे र स्थिरासन बिहान ११:२१ बजे शुभ। खड्गयात्रा। चालँ। शमी पूजन।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोमाञ्चक यात्रा होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) :- शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :- महत्त्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

र्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । प्रेममा मनमुटाव रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :- हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :- चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धार्मिक आस्था बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) :- पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :- लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :- अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :- धेरै समय पछि आफन्तसङ्ग भेटघाट हुनेछ । प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

हाम्रो पात्रो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर