Comments Add Comment

हेटौंडामा शुक्रवार १९ जनामा कोरोना पुष्टि

हेटौंडामा शुक्रवार एकै दिन १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रवार संक्रमण पुष्टि हुनेमा १० जना महिला र ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनु भएको छ । पहिले पुरुष संक्रमित धेरै देखिने भएपनि आज भने महिला संक्रमित धेरै देखिएका छन् । यही भदौ १७ गते संकलन गरिएको स्वाब परिक्षणको रिपोर्ट आएको हो । एक सय १७ जनाको स्वाब संकलन गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर